हाम्रो अर्को लिंक.....नागदह
आमरुपमा
सानो-ठूलो विरामीमा पनि एन्टीबायोटिकको प्रयोग बढ्दो छ । तर,
चिकित्सकहरुले भने यस्तो औषधीलाई लिएर सचेत गराएका छन् । एन्टीबायोटिककको
बढ्दो प्रयोगले ब्याक्टेरियाले प्रतिरोधक क्षमताको बिकास गरेको छ, जून
स्वाथ्यका लागि निकै खतरनाक छ भने अर्कोतिर एन्टीबायोटिक औषधीहरुको
आविश्कार भने निक कम गतिमा भएको छ ।
बेलायतको
हेल्थ प्राटेक्शन एनेन्सीले औषधीहरुको सेवान सोचेर मात्र गर्न आग्रह गरेको
छ । बेलायती डाक्टर सैली डेविस एन्टीबायोटिक औषधीहरुले काम गर्न छाड्नु
चिन्ताको विषय भएको बताउँछन् । ब्याक्टेरियाले एन्टीबायोटिकको
प्रतिरोधात्मक क्षमताको तिब्र विकास गरेकाले एन्टीबायोटिकले काम नै नगर्ने
अवस्था आउन सक्ने उनी बताउँछन् । चिकित्सकहरुले डाक्टरहरुको सिफारिसमा
मात्र एन्टीबायोटिक खान आग्रह गर्छन् । साथै डाक्टरले भनेको जत्ति दिन नै
यस्ता औषधी खानु पर्छ । रोग निको भयो भन्दै विचमा नै छाड्दा
ब्याक्टेरियाहरुले एन्टीबायोटिक प्रतिरोधात्मक क्षमताको तिब्र विकास गर्ने
गर्छन् ।