Tuesday 26 February 2013

घोप्टो परेर सुत्दा बढि ऐठन पर्छ


हाम्रो अर्को लिंक.....
रातमा सुत्दाखेरी कस्तो पोजिसनमा सुतिन्छ भन्ने कुराले सपना देखाइएको प्रकारमा प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । खासगरी घोप्टो परेर पेट थिँचेर सुत्दा सेक्सको विषयका सपनाहरु बढि देखिने अध्ययनको निष्कर्ष छ । घोप्टो परेर सुत्दा सेक्सका मात्र होइन मृत्युदण्डका डरलाग्दा सपना पनि बढि देखिन्छ ।
हंगकंगमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो । सुइ यान विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार पेट थिँचेर सुत्दा सेक्सका मृत्युदण्ड वा हत्या मात्र होइन कसैले बाँधेको, थुनेको र चल्न नसकेको जस्ता ऐठन पार्ने खालका सपना पनि बढि देखिन्छ ।
शोधकर्ताका अनुसार घोप्टो परेर सुत्दा छातिमा समेत दबाब पर्ने र फोक्सो पूरै फैलिन तथा खुम्चिन नपाउने हुँदा रगतमा अक्सिजनको मात्रा कम हुन गई मस्तिष्कमा निद्राको बेला सेक्सको चिन्तन हुनुका साथै तनाव पनि बढ्ने भएकाले त्यस्ता सपना देखिएको हो ।
६७० जना विद्यार्थीमा यो अध्ययन गरिएको थियो । जसमध्ये दुइ तिहाई छात्राहरु थिए । यो अध्ययनको निष्कर्ष डि्रमिङ नामक जर्नलमा पनि छापिएको छ ।

No comments:

Post a Comment