Tuesday 26 February 2013


विश्वको सबैभन्दा तिब्र गतिको मोबाइल फोन सार्वजनिक

हाम्रो अर्को लिंक.....
स्पेनको बार्सिलोनामा सुरु भएको मोबाइल वल्र्ड कंग्रेसमा सामसुङ कम्पनीको नयाँ ट्याब्लेट कम्प्युटर तथा हुवावे कम्पनीको नयाँ मोबाइल फोन एक्सेण्ड टू सार्वजनिक गरिएको छ । मोबाइल वल्र्ड कंग्रेसमा विश्वभरका १५०० कम्पनीहरुले भाग लिएका छन् ।

हुवावेको एक्सेण्ड पि टू मा ४.७ इन्चको स्त्रिmन छ र १३ मेगापिक्सेलको क्यामरा छ । हुवावेका अनुसार एक्सेण्ड पि टू विश्वको सबैभन्दा तिब्र गतिको स्मार्टफोन हो । जसमा एलटीइ ४ चिपको मद्दतले १५० मेगाबाइट प्रतिसेकेण्डको दरले डाटा डाउनलोड गर्न सकिन्छ ।
चिनीया कम्पनी हुवावेका अनुसार यो स्माार्टफोनमा स्मार्ट टच स्त्रिmन फिचर छ । यद्यपि यो स्मार्टफोनमा स्त्रिmन रिजोलुसन एलजी, नोकिया तथा एचटिसी फोनको भन्दा कम छ र फूल एचडी भिडियो यसमा हेर्न सकिन्न ।
सामसुङको नयाँ ट्याब्लेटमा आठ इन्चको स्त्रिmन छ जसको रिजोलुसन १८९ पिक्सेल पर इन्च पिपिआइ छ । अर्थात् यसको स्त्रिmन डिस्प्ले एप्पलको आइप्याडको भन्दा पनि उच्च छ ।

पुच्छर भएको बच्चा जन्म्यो

हाम्रो अर्को लिंक.....

भारतको उत्तर प्रदेश स्थित वाराणसीमा पुच्छर भएको एक बच्चाको जन्म भएको छ । भएपछि हंगामा मच्चिएको छ । वाराणसीको भोजुवीर स्थित एक निजी अस्पतालमा पुच्छर भएको बच्चा जन्मिए त्यहाँ उनलाई हेर्नेको भिड लाग्न थालेको छ ।अस्पतालले दिएको जानकारी अनुसार बच्चाको स्वास्थ स्थिती राम्रो रहेको छ ।
बच्चाले आमाको दुध लगातार खाइ रहेको अस्पतालले जनाइएको छ । फूलपुरको खालिसपुर भन्ने ठाउँकी एक महिलाले बुधवार एक निजी नर्सिङ होममा उक्त पुच्छर भएको बच्चाको जन्म दिएकी हुन् । पुच्छर भएको बच्चा जन्मिएपछि अस्पतालमा हेर्न आउनेको घुइचो लागेको छ ।
बालकको बृद्धि र विकासमा डिसअर्डरको कारण हुने यस्ता घटनालाई लिएर बीएचयु युनिभर्सिटीका कुलपति डा। लालजी सिंहले अनुसन्धान पनि सुरु गरिसकेका छन् । प्रसुतिमा संलग्न डा. रीना सिंहले बताए अनुसार अपरेशन गरेर उक्त पुच्छर फाल्न सकिने तर बच्चाको बाबुआमाको चिन्ताको कारण अहिल्यै त्यसो गर्न नमिल्ने बताउँछिन् ।

घोप्टो परेर सुत्दा बढि ऐठन पर्छ


हाम्रो अर्को लिंक.....
रातमा सुत्दाखेरी कस्तो पोजिसनमा सुतिन्छ भन्ने कुराले सपना देखाइएको प्रकारमा प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । खासगरी घोप्टो परेर पेट थिँचेर सुत्दा सेक्सको विषयका सपनाहरु बढि देखिने अध्ययनको निष्कर्ष छ । घोप्टो परेर सुत्दा सेक्सका मात्र होइन मृत्युदण्डका डरलाग्दा सपना पनि बढि देखिन्छ ।
हंगकंगमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो । सुइ यान विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार पेट थिँचेर सुत्दा सेक्सका मृत्युदण्ड वा हत्या मात्र होइन कसैले बाँधेको, थुनेको र चल्न नसकेको जस्ता ऐठन पार्ने खालका सपना पनि बढि देखिन्छ ।
शोधकर्ताका अनुसार घोप्टो परेर सुत्दा छातिमा समेत दबाब पर्ने र फोक्सो पूरै फैलिन तथा खुम्चिन नपाउने हुँदा रगतमा अक्सिजनको मात्रा कम हुन गई मस्तिष्कमा निद्राको बेला सेक्सको चिन्तन हुनुका साथै तनाव पनि बढ्ने भएकाले त्यस्ता सपना देखिएको हो ।
६७० जना विद्यार्थीमा यो अध्ययन गरिएको थियो । जसमध्ये दुइ तिहाई छात्राहरु थिए । यो अध्ययनको निष्कर्ष डि्रमिङ नामक जर्नलमा पनि छापिएको छ ।

रेशादार खानेखुरा खानुस्, रोगबाट बच्नुस्

हाम्रो अर्को लिंक......

खानेकुरामा फाइबर अर्थात् रेशाजन्य पदार्थ पाचन प्रणालीको लागि अनिवार्य हुन्छ । खानामा फाइबरको कमी भयो भने कब्जियतका साथै रक्तनलीमा कोलेस्ट्रोल जम्ने तथा रगतमा चिनीको मात्रा बढ्ने जस्ता समस्या देखिन सक्छन् । खानामा पर्याप्त फाइबर भयो भने मुटुरोग, मधुमेह, मोटोपनका साथै विशिष्ट प्रकारको क्यान्सरबाट पनि जोगिन सकिने विज्ञहरु बताउँछन् ।
यद्यपि आवश्यकता भन्दा बढि मात्रामा फाइबर पनि उतिसारो राम्रो मानिँदैन । खानामा फाइबरको बढोत्तरी सँगै पानीको सेवन पनि बढाउन आवश्यक हुन्छ । सन्तुलित भोजनमा महिलालाई दिनमा २५ ग्राम तथा पुरुषलाई ३५ देखि ४० ग्राम फाइबर आवश्यक हुन्छ । तर हाम्रो विद्यमान खानपानबाट दैनिक बढिमा केवल १५ ग्राम मात्र फाइबर आपूर्ति भैरहेको हुन्छ । यसकारण हामीले हाम्रो राम्रो स्वास्थ्यका लागि खानामा फाइबरको मात्रा बढाउनु अर्थात् फाइबरजन्य खानेकुरा खानु आवश्यक हुन्छ । फाइबरको पर्याप्त आपूर्ति हुने ७ खाद्य पदार्थ निम्न छन्ः
१. मकै

२.दाल तथा गेडागुडी

३. स्याउ, नासपाती तथा अम्बा जस्ता फलफूल । यी फलफूल बोक्रैसित खानुपर्छ । बोक्रामा बढि फाइबर पाइन्छ ।

४.सागपातः जस्तै मूला, साग, बन्दा

५.गहुँको रोटीः मैदाको साटो गहुँको पिठो वा आटाको रोटीमा बढि फाइबर पाइन्छ ।

६.ब्राउन राइस

७. केराउ

Monday 25 February 2013

अर्गानिक खाना खाने मान्छे बढि स्वार्थी

हाम्रो अर्को लिंक.......
सायद यो शीर्षक नै वाहियात जस्तो लाग्नसक्छ । अर्गानिक खाद्यपदार्थ किन्नु र स्वार्थी वा निस्वार्थी हुनुमा कहाँबाट सम्बन्ध जोडियो भन्ने प्रश्न सहज रुपमा उठ्छ ।
तर, पछिल्लो एक अध्ययनले विषादी प्रयोग नगरिएका अर्गानिक खाद्यपदार्थ किनेर खाने मानिसहरु स्वार्थी हुने तथा अरुको मतलब र सहयोग नगर्ने खालका हुने तथ्य पत्ता लगाएको छ ।

शोधकर्ताहरुका अनुसार अर्गानिक खाद्यपदार्थको किनाइले मानिसलाई अरुप्रतिको दयाभावमा कमी ल्याउँछ । अमेरिकी अनुसन्धानकर्ता केन्डल इस्काइनका अनुसार अर्गानिक खाद्यवस्तु प्रयोग गर्ने मानिसहरुले आफुलाई बढि सुरक्षित ठान्छन् र निस्वार्थताको आवश्यकता नै महसुस गर्दैनन् । जबकी अरु सामान्य खालका खानेकुरा खाने मानिसहरु बढि सामाजिक तथा दयालु र नैतिकवान हुन्छन् 

शोधकर्ताहरुले यो निष्कर्ष निकाल्न न्यु ओर्लियन्सस्थित लोयोला विश्वविद्यालयका ६२ जना विद्यार्थीलाई तिन समूह बनाएर परीक्षण गरेका थिए । त्यसक्रममा एक समूहलाई अर्गानिक खाद्यपदार्थ खान दिइयो, दोश्रोलाई विभिन्न खालका ड्राइ फूड र तेश्रो समूहलाई दाल, भात तरकारी । त्यसपछि ती तिनवटै समूहका विद्यार्थीलाई कुनै पारिश्रमिक वा पुरस्कार विना सित्तैमा एकजना प्रोफेसरको काम गर्न अह्राइयो । त्यसक्रममा अर्गानिक फूड खाने विद्यार्थीहरु औषतमा १३ मिनेट सित्तैमा काम गर्न राजी भए ।

भात खानेहरु २० मिनेट र ड्राइ फूड खानेहरु २५ मिनेट । शोधकर्ताहरुले के निष्कर्ष निकालेका छन् भने यद्यपि अर्गानिक खाद्यपदार्थ स्वास्थ्यको लागि हरहमेशा लाभदायी छ, तथापि नैतिक तथा मनोवैज्ञानिक हिसाबमा यसले व्यक्तिलाई कमजोर बनाउँछ ।

किन लाग्छ दिउसोमा बढि निद्रा ?


हाम्रो अर्को लिंक
रातमा मात्र होइन दिउसो पनि आराम गर्नु र एक झप्को निदाउनु स्वास्थ्यका लागि राम्रै मानिन्छ । तर कोहीकोही मानिस यस्ता पनि हुन्छन् जो दिउसो पनि धेरै समय सुत्छन् । हामी सबैले महसुस गरेकै कुरा हो हामी चाहे जस्तो सुकै महत्वपूर्ण काममा संलग्न भएको किन नहोउँ दिउसो एक पटक निद्रा लागेर झुलाउँछ ।

वैज्ञानिकहरुका अनुसार दिउसो मध्यान्हमा मानिसको सरीरमा उर्जाको मात्रा निकै तल र्झछ । उर्जाको लेवल तल झरेकैले मानिसलाई दिउसोमा अल्छी लाग्छ र सुत्न मन लाग्छ । दिउसोमा केहीबेर सुत्नु नराम्रो होइन । तर यदि दिउसोमा निकै धेरै निद्रा लाग्यो भने त्यो स्वास्थ्य समस्याको एउटा सूचक हो । त्यसैले दिउसोमा धेरै निद्रा लाग्ने समस्यालाई गम्भीरता पूर्वक लिनुपर्ने विज्ञहरु बताउँछन् ।
यदि तपाइँलाई दिनभर थकान महसुस हुन्छ, आलस्य आउँछ र सुत्न मन लाग्छ भने त्यसको एउटा कारण तपाइँलाई अघिल्लो रात राम्ररी निद्रा नपरेकोले हुनसक्छ वा निद्रा बिथोलिएकाले पनि हुनसक्छ । अनियमित जिवनशैलीका कारण रातमा पर्याप्त र मीठो निद्रा नपर्दा दिउसोमा निद्रा आउने तथा आलस्य जाग्ने हुन्छ ।
दिउसोमा बढि निद्रा लाग्नुको अर्को कारण तपाइँले कुनै रोगको उपचारमा खाइरहेको औषधि पनि हुनसक्छ । केही स्वास्थ्य समस्याको उपचारमा प्रयोग गरिने औषधि पनि दिनको निद्राका लागि जिम्मेवार हुन्छन् । खासगरी डिप्रेसनको उपचारमा सेवन गरिने, चिसोको उपचारमा तथा एलर्जीको उपचारमा खाइने औषधिले पनि निकै निद्रा जगाउँछन् ।
दिउसोमा पर्याप्त घाम नताप्नु वा गुम्सिएर बस्ने गर्दा पनि निद्रा आउन सक्छ । यसले जोनी दुख्ने लगायतका समस्या पनि थपिदिन सक्छ ।

तपाइँलाई दिउसोमा निकै निद्रा आउँछ र माथि उल्लेखित कारणहरु मध्ये कुनै कारण तपाइँको सन्दर्भमा मेल खान्छ भने तपाइँले धेरै ठूलो चिन्ता लिनु परेन । सामान्य जिवनशैली तथा आनिवानीमा सुधार गर्ने, पर्याप्त व्यायाम गर्ने, तथा सन्तुलित भोजन गर्ने गरियो भने दिउसोमा बढि निद्रा लाग्ने समस्या हट्छ । तर दिउसोमा निकै धेरै अल्छी लाग्छ तर माथि उल्लेखित कारणहरु मेल खाँदैनन् भने गम्भीर हुनुहोस् । यसको अर्थ तपाइँको मानसिक वा शारीरिक स्वास्थ्यमा केही खराबी छ भन्ने हो । त्यसैले चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ ।

केही अनौठा ट्राफिक नियम

हाम्रो अर्को लिंक
केही केही नियम कानून पनि विचित्रकै हुन्छन् । गाडी तथा सडक सम्बन्धि ट्राफिक नियमको बारेमा पनि विश्वका केही ठाउँमा अनौठा कानून तोकिएको हुन्छ । यहाँ त्यस्तै केही रोचक ट्राफिक नियमका बारेमा उल्लेख गरिएको छ :
अमेरिकाको क्यालिफोर्नियास्थित अल्बामामा खुट्टामा जुत्ता नलगाइकन गाडि चलाउन निषेध छ । साथै महिलाले घरायासी कोट पहिरनमा गाडि चलाउन पाउँदैनन् । यो नियम थाइल्याण्डका साथै अमेरिकाको भर्जिनियामा पनि छ ।
अमेरिकाको क्यालिफोर्नियाको अल्बामा तथा युरोपेली देश लक्जेम्बर्गमा अगाडिको सिसा पुछ्ने वाइपर जडान नगरिएका गाडि चलाउन मनाही छ । अझ रोचक कुरा त के भने अगाडि सिसा नै नभएका गाडिहरुमा पनि वाइपर भने हुनैपर्छ ।
अमेरिकाको जर्जियामा ९६ किमी प्रतिघण्टा भन्दा बढि रफ्तारमा चलाइएका गाडिलाई प्रहरीले जफत गर्छ । त्यति धेरै गतिमा गाडि चलाउने चालक त्यस क्षेत्रमा हुने विभिन्न खाले चुनावमा पनि भाग लिन पाउँदैन ।
अमेरिकाको म्यासाच्युसेट्समा चलिरहेको गाडि भित्र सेक्स गर्न निषेध छ । खासगरी ड्राइभरले आफ्नो सिटमा कुनैपनि यौनजन्य क्रियाकलाप देखाउन पाउँदैन ।
अमेरिकाको क्यालिफोर्नियामा चलिरहेको गाडिबाट बन्दुक चलाउन निषेध छ । गाडि चलिरहेको बेलामा रोमाञ्चित बनेर वा जंगलमा जिवजन्तु देखेर गोली चलाउन पाइँदैन । त्यसो गरेमा सजाय भोग्नुपर्छ ।

अमेरिकाको पेन्सिल्भेनियामा रातको समयमा गाडि चलाउँदा एक अनौठो नियम मान्नैपर्छ । सडक पार गर्ने जनावरको सुरक्षाका लागि हरेक माइलमा एक रकेट छोड्नुपर्छ जसले सडकमा आउने जनावरलाई टाढा राखोस् र दुर्घटनामा पर्नबाट जोगाओस् । रकेट छाडेको १० मिनेटपछि मात्र त्यहाँबाट गाडि अगाडि बढाउन सकिन्छ ।
अमेरिकाको सन फ्रान्सिस्कोमा आइतबार गाडि सफा गर्न वा धुन सख्त मनाही छ ।
अमेरिकाको अल्बामामा जब महिलाहरुले कार चलाउँदैछन् भने उनको साथमा कारमा बसेको पुरुषले दायाँबायाँ हिँडिरहेका पैदल यात्रीहरुलाई रातो कपडा वा झण्डा देखाउनुपर्छ । यसको अर्थ महिलाले कार चलाइरहेकी छिन् भन्ने हो रे ।
साउदी अरबमा महिलाले गाडि चलाउन पाउँदैनन् ।

मोबाइल फोनमा कतिधेरै किटाणु ?

http://nagdaha.ucoz.com/news/2013-02-25-58
हामीले प्रयोग गर्ने मोबाइल फोन शौचालय भन्दा पनि फोहोर हुने र त्यसमा सयौँ प्रकारका किटाणु हुने कुरा विज्ञहरुले बताउने गरेका छन् । मोबाइलमा हातबाट, मुखबाट तथा बाहिरी वातावरणबाट समेत किटाणुहरु जम्मा हुने गर्छन् ।
बेलायतको सुरे विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हाम्रो मोबाइल फोनमा असंख्य ब्याक्टेरिया हुने तथ्यलाई हालै सप्रमाण प्रस्तुत गरेका छन् । मोबाइल फोनमा रहेका ब्याक्टेरियालाई ३ दिनसम्म हुर्कन दिएर उनीहरुले त्यसमा कति प्रकारका कस्ता ब्याक्टेरिया हुन्छन् भन्ने कुरा स्पष्ट तस्वीर मार्फत देखाएका छन् ।

मोबाइलमा पाइने केही ब्याक्टेरिया हानिकारक नहुने भएपनि केही भने निकै हानिकारक हुने उनीहरुले बताएका छन् । साँच्ची ब्याक्टेरियाले भरिएका यी मोबाइल हेर्दाँ कस्तो आङै सिरिङ्ग हुन्छ ।

Saturday 23 February 2013

१५ वर्षदेखि चिहानमा बास, भन्छन्- यहाँ छिमेकीले हल्ला गर्दैनन्

http://nagdaha.ucoz.com/news/2013-02-21-54सर्बिया, (एजेन्सी)- भनिन्छ जीवित हुँदा मान्छे जति ठूलो महलमा बसे पनि मृत्युपछि २ गजको चिहानमा सुत्ने हो। तर एकजना मान्छे चिहानमै बस्दै आएका छन् भन्दा तपाइँलाई कस्तो लाग्छ ? हो मन्दीका कारण घर गुमाएपछि सर्बियाका ब्राटिस्लेव स्टोजेनोविक १५ वर्षदेखि चिनहान मुनि बस्दै आएका छन्।
स्टोजेनोविकको चिहान मुनिको बासको कथा उनको घरसँग जोडिएको छ। १५ वर्षअघि मन्दीका कारण घर गुमाएपछि उनी बासस्थान खोज्दै थिए यही बेला उनले १ सय वर्ष पुरानो यो चिहान भेटे। यो चिहान कुन परिवारले बनाएको थियो त्यसको आधिकारिक जानकारी खुलेको छैन। स्टोजेनोविकले मृत परिवारलाई धन्यवाद दिए र त्यहीँ सुत्न थाले। अहिले उनलाई खुला चउर र गल्लीमा सुत्नुभन्दा यहाँ बस्न निकै आरामदायी लाग्छ।
सुरुमा चिहानमा सुत्दा उनलाई डर लाग्थ्यो। तर अब बानी परिसक्यो। र डरको मनोविज्ञान पनि बदलिइ सक्यो। अहिले उनलाई मुर्दाभन्दा बढी जिउँदा मान्छेसँग डर लाग्छ। 'राति जब घुम्न मन लाग्छ तब पहिला जाँच गर्छु वरपर कोही छ छैन। ता कि मलाई देखेर कसैको सातो नउडोस्।'
स्टोजेनिकका अनुसार उनी राति मैनबत्ती बाल्छन्। मसान बढो शान्त रहन्छ। यहाँ छिमेकीले हल्ला गर्दैनन्। पहिला चिहानमा मान्छेहरु मैनबत्ती बाल्थे। स्टोजेनोविक तिनै मैनबत्तीले आफ्नो घरलाई उज्यालो बनाउथे। अब मान्छेहरु यहाँ मैनबत्ती बाल्दैनन्। उनी दिउँसो सडकका 'डस्टबिन'तिर खानाको खोजी गर्छन्। यहाँका स्थानीय बासिन्दा निकै सहृदयी छन् उनीहरु स्टोजेनिकलाई खाना र कहिले कहीँ नयाँ लुगा पनि दिन्छन्। चुरोट पिउने उनको सोख छ। धुमपान तलतल लागेपछि उनी रेलवे लाइनको किनारमा खसेका चुरोटका ठुटा जम्मा पार्न जान्छन्। र राति घरमा पिउँछन्।


you have to know this things

अमेरिकामा यस्तो हुन्छ (फोटोफिचर सहित)

http://nagdaha.ucoz.com/news/2013-02-18-48अमेरिका अर्थात् धेरैको सपनाको स्वर्ग । अझ अमेरिकाको लस एन्जल्स सपनाकै सहर भन्दा पनि फरक नपर्ला । यो सहरमा विश्वभरका मानिसहरु नाम, दाम र भविष्य खोज्न भौतारिरहेका हुन्छन् । साँच्ची लस एन्जल्स विचित्रकै सहर हो । लस एन्जल्सका केहि  विशेषता जो सुन्दा पनि आनन्द लाग्छ

१. जताततै हिरो हिरोइन :

हृलिउडका धेरै टेलिभिजन स्टार तथा चलचित्र अभिनेता अभिनेत्रीहरु लस एन्जल्समै बस्छन् । त्यसैले तपाइँले सडकमा टहल्दा कुनै चर्चित सेलिब्रेटीलाई भौतारिइरहेको देख्नुभयो भने अचम्म मान्नु पर्दैन । हिड्दा तपाइँको कुम कोही सेलिब्रेटीसँग ठोक्कियो भने पनि दंग परिरहनु पर्दैन ।

 
२. जताततै प्लास्टिकका मान्छे :
अमेरिकामा सबैभन्दा बढि प्लास्टिक सर्जरी गराइने सहर लस एन्जल्स हो । त्यहाँका महिलाहरुमा स्तनको प्लास्टिक सर्जरी गर्ने दर निकै बढि छ । त्यसैले तपाइँको भेट वा चिनाजानी कुनै परीजस्ती सुन्दरीसँग भयो भने मख्ख नपर्नुहोला किनकी ती सुन्दरी प्लास्टिकबाट बनेकी हुनसक्छिन् ।
 
 ३. कति खर्चालु बर्थडे पार्टी :
लस एन्जल्सका मान्छे कति खर्चालु छन् भन्ने कुरा एक जना टिभी स्टार टेलर आर्मस्टङले आफ्नी ४ वर्षे छोरीको वर्थडे पार्टीमा गरेको खर्चबाट थाहा हुन्छ । उनले छोरी केनेडीको जन्मदिनको पार्टीमा ६५ हजार डलर खर्च गरिन् ।
 
४.हवाइजहाजको बुइ चढ्छन् अन्तरीक्ष यान :
वास्तवमै लस एन्जल्सबाट तपाइँले अन्तरीक्ष यानको तस्वीर आफ्नै क्यामरामा कैद गर्न सक्नुहुन्छ । हवाइजहाजमा राखेर ढुवानी गरिरहेका त्यस्ता अन्तरीक्ष यान हेर्दा आमाको पिठ्युमा छोरो बुइ चढेजस्तो देखिन्छ ।
 
५. ट्राफिक जाम :
ट्राफिक जाम लस एन्जल्सको चिनारी नै हो । लस एन्जल्सको ट्राफिक जाम अमेरिकाको मुख्य ट्राफिक जाममा
 पर्छ ।
 
६. कुकुर बिरालालाई नुहाइदिने होटल :
लस एन्जल्समा तपाइँका कुकुर बिरालालाई नुहाइनिे तथा सिँगार्ने होटल पनि छन् । हामीकहाँ मान्छेलाई नुहाउन समेत पानी छैन ।
 

यो हो ब्रम्हाण्डको सबैभन्दा अजम्बरी जन्तु (फोटोफिचर)

http://nagdaha.ucoz.com/news/2013-02-20-53

यो ब्रम्हाण्डको सबैभन्दा कडा जनावर के होला ? जो धेरै समयसम्म बाँच्ने मात्र होइन हिउँमा जम्दा, आगोमा उम्लिँदा तथा अन्तरीक्षमा तैरिँदा पनि २ सय वर्षसम्म बाँच्नसक्छ ? हो, वाटर बियर अर्थात् पानी भालु त्यस्तो अजम्बरी जिव हो । भनिन्छ, साँग्लो आणविक विस्फोट हुँदा पनि मर्दैन । तर प्रतिकुल परिस्थिति सहने मामिलामा यो पानी भालु भन्ने जिव साँग्लोको हजुरबाउ नै हो । यो जिवका बारेमा सायद हामी धेरैल नसुनेका पनि हुनसक्छौँ । यो जिवका विभिन्न ९ सय प्रजातिहरु छन् । ती मध्ये केही जलचर हुन् त केही स्थलचर । निकै अग्ला चुचुरादेखि समुद्रको गहिराइसम्म यो जिवका प्रजाति पाइन्छन् । यो जिवले माइनस साढे ४ सय डिग्री सम्मको चिसो तापक्रम तथा साढे ३ सय डिग्री सम्मको तातो तापक्रम सहनुका साथै निकै उच्च विकिरण पनि खप्नसक्छ । यो पानीबिना दशकौँ बाँच्नसक्छ र अन्तरीक्षमा पूराएपनि मर्दैन । 

कस्तो अचम्म २ महिनाको नानीको पेटमा पनि बच्चा

http://nagdaha.ucoz.com/news/2013-02-23-55हामीले यो दुनियामा बाच्नु मात्रै पर्छ अनेक देख्नु र सुन्न पाइन्छ । बुढापाकाले भन्ने गरेको सहि हो रहेछ भारतको अररिया जिल्लाको जोकिहाथ थानाक्षेत्रको बन्कोरा गाउका गङ्गा प्रसाद सिंहकि दुइ महिनाकी छोरी पल्लवीको गर्भमा बच्चा भेटिएको खबर बाहिर आएको छ । यो आश्चर्यजनक घटना भारतमा दोस्रोपटक र बिहारमा पहिलो पटक घटेको पनि समाचारमा उल्लेख छ । घटनाको पुष्टि गर्न अल्ट्रासाउण्ड र सिटी स्क्यान दुबई गरिएको पनि समाचारमा दावी गरिएको छ ।
दुइ महिना अगाडी गंगाकि श्रीमती मंजु देवीले छोरीलाई जन्म दिईन । जसको जन्मदै पेट फुलेको देखिन्थ्यो, जसले गर्दा बच्चालाई केहि गाह्रो भएको महसुस गर्न सकिन्थ्यो । अन्जुले अररियाकै डा. नसिर र डा.ओम प्रकाशलाई देखाउदा डाक्टरहरुले पेटमा पनि भएको भन्दै उपचार गरेको र पनि कुनै सुधार नभएकोले गर्दा शिशु रोग बिशेषज्ञ डा। अमरेन्द्र कुमारलाई देखाउंदा यस्तो घटना पत्ता लागेको खबरमा उल्लेख छ ।
रिपोर्टमा भनिएको छ पल्लविको पेटमा बच्चा भेटियो जसलाई सिटि स्क्यान गरेर पुष्टि गरियो । रिपोर्ट पोजिटिभ आउने बित्तिकै समाचार पुरै इलाकामा फैलियो । बच्चीलाई हेर्न अस्पतालमा मिडिया संग सम्बन्धित तथा स्थानीय मानिसहरुको ठुलो घुइंचो लागेको छ ।
समाचारमा भनिएको छ बच्चाको पेटमा बच्चा भेटिएको यो पहिलो घटना होइन सन् १८०८ मा चिकित्सा विज्ञानको राम्रो विकास नहुँदै जर्ज विलियमले यो घटना देखेको बताएका थिए । त्यतिखेर पोस्टमार्टमको दौरान यस्तो घटना घटेको थियो । समाचारमा अगाडी भनिएको छ १९९० अप्रिलमा ग्रिस र १९९९ मा भारतकै नागपुरमा यस्तो घटना बाहिर आएको थियो । पछी २००६ मा पाकिस्तान, २००८ मा इन्डोनेशिया, २००८ र २००९ मा चिन र २०११ मा युनानको इजिप्टमा यस्ता घटनाहरु घटेका थिए ।

Wednesday 20 February 2013

http://nagdaha.ucoz.com/news/2013-02-20-52

अक्सफोर्डका वैज्ञानिकले स्वचालीत कार बनाए, ड्राइभर बिनानै कारले सम्बन्धीत ठाउँसम्म पूरयाउने

 लन्डन । अक्सफोर्ड विश्वविद्यालयका बैज्ञानिकले चालक बिना नै सञ्चालन हुने कार बनाएका छन । यस स्वचालीत कारलाई  एउटा ट्याबलेट कम्प्युटरको सहायताले सञ्चालन गर्न सकिन्छ । कारलाई दैनिक हिडने बाटोमा बिमानमा जस्तै अटो ड्राइभ मोडमा सेट गरिने छ । यसले गर्दा  गाडिमा यात्रा गर्ने मानिस बिना कुनै चिन्ता अफिसबाट घरमा वा घरबाट अफिस पुग्न सक्ने छन । कम मूल्यको नेभिगेशन सिस्टम, सानो क्यामरा र लेजर किरणको सहायताले कारले सडकका आसपास रहेका चिन्ह वा संकेतलाई छुट्याउन सक्नेछ ।  सडकमा कुदिरहेको बेलामा कारमा सडकको नक्सा तैयार हुँदै जान्छ र यसमा जोडिएको कम्प्युटरमा यसको नक्सा दर्ता हुदै जान्छ , यसको मद्दतले कारले कुनै निर्देशन बिना नै अटो ड्राइभ मोडमा सेट गरेको ठाउँसम्म पुरयाउँछ ।
अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर पल न्युमनले गत शुक्रबार पहिलो पटक सडकमा यो कारलालाई चलाएर सबैलाई चकित पारेका थिए । उनले यो कारलाई अझ सस्तो र प्रविधियुक्त कारको रुपमा विकास गर्ने बताए