Friday 1 March 2013

एन्टीबायोटिक खानु अघि एकपटक सोच्नुस्


हाम्रो अर्को लिंक.....नागदह 


आमरुपमा सानो-ठूलो विरामीमा पनि एन्टीबायोटिकको प्रयोग बढ्दो छ । तर, चिकित्सकहरुले भने यस्तो औषधीलाई लिएर सचेत गराएका छन् । एन्टीबायोटिककको बढ्दो प्रयोगले ब्याक्टेरियाले प्रतिरोधक क्षमताको बिकास गरेको छ, जून स्वाथ्यका लागि निकै खतरनाक छ भने अर्कोतिर एन्टीबायोटिक औषधीहरुको आविश्कार भने निक कम गतिमा भएको छ ।
 बेलायतको हेल्थ प्राटेक्शन एनेन्सीले औषधीहरुको सेवान सोचेर मात्र गर्न आग्रह गरेको छ । बेलायती डाक्टर सैली डेविस एन्टीबायोटिक औषधीहरुले काम गर्न छाड्नु चिन्ताको विषय भएको बताउँछन् । ब्याक्टेरियाले एन्टीबायोटिकको प्रतिरोधात्मक क्षमताको तिब्र विकास गरेकाले एन्टीबायोटिकले काम नै नगर्ने अवस्था आउन सक्ने उनी बताउँछन् । चिकित्सकहरुले डाक्टरहरुको सिफारिसमा मात्र एन्टीबायोटिक खान आग्रह गर्छन् । साथै डाक्टरले भनेको जत्ति दिन नै यस्ता औषधी खानु पर्छ । रोग निको भयो भन्दै विचमा नै छाड्दा ब्याक्टेरियाहरुले एन्टीबायोटिक प्रतिरोधात्मक क्षमताको तिब्र विकास गर्ने गर्छन् ।

अनुहार राम्रो बनाउनलाई यसरी गर्नुस

हाम्रो अर्को लिंक.....नागदह


अनुहार मानिसको सवैभन्दा पहिले देखीने भाग हो, मानिसको सुन्दरताको एउटा प्रमुख कडीको रुपमा पनि अनुहारलाई लिन सकिन्छ् । तर अनुहार राम्रो पार्न व्युटी पार्लर नै धाउन पर्ने वा कुनै कस्मेटिक सर्जरी नै भने गरिहाल्नु पर्दैन्। हामीले मिलाएर खानेकुरा प्रयोग गरेमा पनि त्यसले अनुहारको सुन्दरतालाई बढाउने कार्य गर्दछ । राम्रो अनुहारको लागी नछुटाइ प्रयोग गर्नु पर्ने कुरा यस्ता छन्
..
 १.कागती पानीः कागती सहजै पाइन्छ । कागती पानीको नियमित सेवनले अनुहारका पोरलाई सानो पार्दछ भने चिल्लो पदार्थबाट अनुहारलाई मुक्त राख्दछ । यसका साथै यसले अनुहारमा चमक पनि बढाउँछ । पिउनको सातै कागतीलाई अनुहारमा दल्न समेत सकिन्छ ।

 २ अण्डाः अण्डा खानलाई मात्र मिठो होइन यसका गुण पनि धेरै छन् । अण्डलाई फुटाएर अनुहारमा लगाउनाले अनुहारको छाल नरम हुनुका साथै यसले मोस्चराइजिङ इफेक्ट पनि दिन्छ ।

३.महः मह सेवन र अनुहारमा लगाउनले ईनफेक्सन बाट बचाउनका साथै अनुहारको छाला नरम बनाउँछ । महलाई कागतीसंग मिसाएर प्रयोग गर्दा यसको प्रभाव अझ बढ्दछ।

 ४.स्ट्रवेरिजः स्ट्रवेरीमा भिटामिन सि, एन्टीअक्सिडेन्ट र एक्सफोलियन्ट्स पाइन्छ ।स्ट्रवेरीलाई धुलो पारेर अनुसार लगाउनले अनुहारको छाला सफा हुन्छ । यसका साथै अनुहारको चमकपनि यसले बढाउँछ । ५.केराः महसंग मिसाएर केरालाई अनुहारमा लगाउँदा छाला स्वस्थ र चम्किलो बन्द्छ । यसले मोस्चराइजको पनि काम गर्दछ ।

अब तनावलाई धुवाँमा उडाउनु पर्दैन

हाम्रो अर्को लिंक.....


धुम्रपान गर्ने धेरैको तर्क हुन्छ- चुरोट पिउँदा तनाव कम हुन्छ । तर, सफलतापूर्वक धुम्रपान छाड्ने हो भने त्यसपछि तनाव कम हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । इङ्ग्ल्याण्डमा करिब ५ सय मानिसले धुम्रपान छुटाउन विशेष शिविरमा भाग लिए । ब्रिटिश जनरज अफ साइट्रीले गरेको अध्ययन हालै मात्र सार्वजनिक भएको छ । अध्ययनका अनुसार चुरोट पिउन छाडेका ६८ मानिसको तनावको स्तरमा कमी आयो । तनाव कमीको असर मुड उतार-चढाव हुनेमा बढी पाइयो । यो अध्ययन ती मानिसहरुलाई आश्वस्त पार्न प्रयोग गर्न सकिन्छ, जो धुम्रपान छाड्न चाहन्छन् तर, त्यसपछि तनाव बढ्छ भन्ने डरमा छन् । तर, धुम्रपान छाड्न असफल हुनेहरुमा भने तनाब बढने अध्ययनले देखाएको छ । अध्ययनका अनुसार धुम्रपान गर्नेहरु विहान उठ्नासाथ चुरोट पिउन चाहन्छन् ताकि ‘विदड्रल सिम्ट्रम’सँग लड्न सकियोस्, जसमा तनाव पनि पर्छ । तर, धुम्रपान छाडेपछि पटकपटक वचैन र तनाव हुादैन । यो तथ्यले धेरैलाई धुवाँको नसा छाड्न आत्मबिश्वास मिल्न सक्छ ।

पुरुषमा क्यान्सरको खतरा बढ्दै


हाम्रो अर्को लिंक......नागदह 


पुरुषहरुमा क्यान्सरको खतरा बढिरहेको एक अध्ययनले देखाएको छ । बेलायतमा गरिएको अध्ययनले पहिले भन्दा अहिले पुरुषहरु क्यान्सरको सिकार बन्ने दर बढेको देखाएको हो । विशेषज्ञहरुका अनुसार पुरुषहरुमा क्यान्सर हुने खतरा अहिले दोब्बर भएको छ । बेलायती चिकित्सकहरुका अनुसार औषत आयु बढेसँगै क्यान्सरको खतरा पनि चुलिँदैगएको छ । उनीहरुका अनुसार आउँदो १५ वर्षमा पुरुषहरुमा पेट, प्रोस्टेट तथा छालाको क्यान्सरको दर निकै बढ्नेछ ।
 पुरुषहरुको तुलनामा महिलाहरुमा भने क्यान्सरको संक्रमण कम छ । बेलायतमा सन् २०१० मा एक लाख ६० हजार महिला क्यान्सर संक्रमित रहेकोमा सन् २०२७ मा यो संख्या १ लाख ९४ हजार पुग्नेछ । विज्ञहरुका अनुसार पुरुषहरुमा क्यान्सरप्रतिको सचेतनामा कमी रहेको र धेरै पुरुष क्यान्सरको जाँच तथा उपचारका विषयमा लापरवाही गर्ने गरेका छन् । बढि व्यस्त जिवनशैली, धूमपान र मध्यपानको बढी लत लगायतका कारणले गर्दा पुरुषमा क्यान्सरको खतरा बढिरहेको विज्ञहरुको ठहर छ ।

औषधीय गुण भएका दश खाद्यपदार्थ

हाम्रो अर्को लिंक....नागदह
खाद्यपदार्थ केवलहाम्रो पेट भर्न र शक्तिप्रदान गर्नका लागिमात्र उपयोगी हुँदैनन् यिनीहरुमा औषधीय गुण पनि हुन्छ । हामीले दैनिक रुपमाप्रयोग गर्ने विभिन्नखाद्यपदार्थमा समेत औषधीय गुण रहेको हुन्छ, जसबारेमाहामीलाई पत्तो नहुनपनि सक्छ । हामीले भोक शान्तपार्न वा स्वादकालागिमात्र यस्ता परिकार खाएका हुन्छौँ तर यस्ता खाद्यपदार्थले प्राकृतिकऔषधिको कामगरिरहेका हुन्छन् । औषधीय गुण भएकादशखाद्य परिकार यस प्रकार छन् :
 अदुवाः
अदुवालाई सर्दी वाचिसो भगाउने औषधि नै मानिन्छ । सुख्खाखोकीलागेमा, सरीरमाचिसो घुसेमाअदुवापोलेर मुखमा राखेर विस्तारै चपाउने वाअदुवा राखेको पिरो पिरो चियापिउनु लाभदायक मानिन्छ ।
खुर्सानीः खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले सरीरमादुखाइकम गर्छ । खुर्सानी सेवनगर्नाले दुखाइअनुभुति गराउने रसायनको उत्सर्जन रोकिदिन्छ, जसकाकारण दुखाइकम हुन्छ ।
 तिते करेलाः तिते करेलामधुमेहका रोगीलाई निकै लाभदायक मानिन्छ । मधुमेहका रोगीले दिनहुँतिते करेलाको तरकारी खाएमा सरीरमा इन्सुलिनको मात्रा सन्तुलित हुन्छ ।
महः महलाई सर्वोषधिवा सबै रोगको औषधि भनिन्छ । महको सेवनबाट सरीरकाआन्तरिक रोगलाई निको पार्न सघाउ पुग्ने छ छँदैछ काटेको घाउमा मह दल्नाले पनि घाउ पाक्नपाउँदैन र छिटो निको हुन्छ ।
 जैतुनको तेल: कपालमा परेकाजुम्रानिर्मूल पार्न कामयावी हुन्छ । यसले जुम्राबाट हुने इन्फेक्सन रोक्न मद्दत गर्छ । पैतला फुटेर हैरानहुनुभएको छ । यदिहो भने तपाइँले कालो चियापिउने मात्रहोइनकालो चियाले खुट्टा धुनुहोस् । कालो चियाले लगातार खुट्टा धुने बानीबसाल्दा खुट्टा फुट्ने समस्या हट्छ र तपाइँको पैतलामुलायम बन्छ । यदि गाडीमा चढ्दा वायात्रागर्दा उल्टी हुने समस्या छ भने कागतीखानुहोस् र गाडिमा चढ्नुहोस् । गाडिमा बसिसकेपछि पनिलगातार कागती चाटिरहनुहोस् । यदितपाइँको छाला घामले डढेको छ भने काँचो दूधले नियमितधुनुहोस् । जसले तपाइँको त्वचालाई उज्यालो बनाइदिनेछ । पानीपिउन मन नलाग्ने समस्या छ । त्यसो हो भने खरभुजा प्रसस्तै खानुहोस् । यसले फलफूलखानुको फाइदा सँगै पानीको कमीपनिहुनदिँदैन । भिन्डी मधुमेहका रोगीकालागिअचूकऔषधिहो । भिन्डीलाई काटेर रातभर पानीमा राख्नुहोस् । अर्को विहानउक्तपानी भिन्डीका छोक्राफालेर मज्जाले पिउनुहोस् । नियमितयसो गर्दा मधुमेहका रोगीलाई निकै फाइदा पुग्छ ।

जाडोमा किन रुघाले सताउँछ ?

हाम्रो अर्को लिंक.....नागदह

चिसो बढेसँगै रुघाखोकीले बढि सताउन थाल्छ । यद्यपि गर्मी महिनामा पनि रुघाखोकी नलाग्ने होइन । तथापि जाडो याममा रुघाखोकी प्रकोपकै रुपमा देखापर्छ । आखिर जाडोमा रुघाले किन बढि सताउँछ ? भन्ने कुराको उत्तर पत्ता लगाउन शोधकर्ताहरुले एक अनुसन्धानबाट केही तथ्य पत्ता लगाएका छन् । शोधकर्ताहरुका अनुसार जाडो याममा रुघाखोकीको प्रकोप बढि देखिनुका विभिन्न कारण हुन्छन् । त्यसमध्ये एक कारण यस मौसममा रुघाको भाइरसले मानिसको रोग प्रतिरोधी क्षमता कम भएको फाइदा उठाउँछ । अर्कोतिर जाडोमा मानिसहरु जाडोकै कारण एक अर्कामा बढि नजिकिन्छन्, त्यसैले यसको प्रत्यक्ष प्रभाव भाइरसको संक्रमणमा पर्छ, अर्थात् रुघाको भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नसक्छ । जाडो याममा तापक्रममा भएको गिराबट र सुख्खापनले भाइरसको उच्च फैलावट वा वृद्धिमा समेत सहयोग गर्छ । शोधकर्ताहरुका अनुसार मौसममा आउने उतार चढावका बेला मानिसको रोग प्रतिरोधी क्षमता कमजोर भएको हुन्छ, जसको प्रत्यक्ष फाइदा भाइरसले उठाउँछ र मानिसलाई बढि भन्दा बढि संक्रमित बनाउँछ । ठन्डी मौसममा दिन छोटो हुनुका साथै सूर्यबाट प्राप्त हुने उर्जा समेत कम प्राप्त हुन्छ । जसका कारण मानिसले पर्याप्त भिडामिन डी पाउन सक्दैन । रोग प्रतिरोधी क्षमता बढाउन आवश्यक पर्ने भिडामिन डी को कमी हुन पुग्दा रुघाका भाइरसको आक्रमण बढ्छ ।

कालो चियाखानेको मुटु स्वस्थ

हाम्रो अर्को लिंक..... नागदह

तपाइँकालो चियाकत्तिको पिउनुहुन्छ ? कतिपयलाई त दुध नराखेको चिया मनै पर्दैन । कतिले भने दुध राखेको जियाले पेट खराबगर्ने भन्दै कालो चियाखाने गर्नुभएको छ होला । के तपाइँलाई कालो चियाले गर्ने फाइदाको बारेमाथाहा छ ? छैन भनेपनिचिन्तानगर्नुहोस् तपाइँले पिउने कालो चियाले तपाइँलाई थाहानभएपनितपाइँको मुटु तथा रगतलाई निकै फाइदा पूराइरहेको हुन्छ । एक नयाँअध्ययनकाअनुसार कालो चियामापाइने एक प्रकारको तत्व फ्लेवनाइडले रक्तनलीहरुलाई क्षति हुनुबाट बचाउँछ र मुटु तथा रक्तनली सम्बन्धि रोगको खतरा घटाउँछ । फ्लेभिन्वाइड तत्वले एन्टी अक्सिडेन्टको कामगर्ने र रक्तधमनीहरुको अक्सीकरणसाथै यसले सरीरमा भिटामिन सी को प्रभावलाई बढाउने र रक्तनलीको आसपासका संयोजीतन्तुको पनि रक्षागर्ने शोधकर्ताहरु बताउँछन् । युनिभर्सिटी अफ वेस्टर्न अस्टेलियाको स्कुलअफ मेडिसिनका शोधकर्ताहरुले मुसामा गरेको अनुसन्धानले कालो चियामाहुने तत्वले रक्तनलीको सुरक्षागर्ने तथ्यपत्तालागेको हो । कालो चियाले रक्तनलीको सुरक्षातथा रक्तरोगको जोखिमकमगर्नुका साथै उच्च रक्तचापको समस्यापनिकम गर्छ । कालो चियामाहुने फ्लेभिन्वाइड तत्वले रक्तनलीमा पूराउने फाइदाको विषयमा प्रमाण फेला परेपछि अबभविष्यमा रक्तरोगको उपचारमा यो तत्वको प्रयोग बढाउन सकिनुका साथै यो तत्वप्रचुर मात्रामापाइने अन्यखानेकुरा वाखाद्यश्रोतको बारेमापनिखोजीहुने विश्वास सोधकर्ताहरुकेा छ ।

शाकाहारी हुनुका फाइदा

हाम्रो अर्को लिंक.....नागदह

जैविक रुपमा मान्छे उभयभक्षी जिव हो । अर्थात् यो मांशाहारी र शाकाहारी दुबै हो । यद्यपि कोही मानिसले मासुजन्य पदार्थ खाँदैनन् र शाकाहारी हुन्छन् । तर समग्रमा सबै मान्छेको जैविक चरित्रको व्याख्या गर्दा मानवजातीलाई उभयभक्षी भन्ने गरिन्छ । मानिस शाकाहारी बन्नु वा मासुजन्य पदार्थ नखानुका विभिन्न कारण हुनसक्छन् । घरपरिवारको संस्कार, धर्म, परम्परा, अरुची वा मनोवैज्ञानिक प्रभाव । मासु खाँदा स्वास्थ्यमा असर पर्छ र शाकाहारी भोजनले लाभ हुन्छ भन्ने जानेर शाकाहारी बन्ने मानिसहरु निकै कम छन् । वास्तवमा जो शाकाहारी भोजनको लाभ जान्दछ र सोही मुताविक मांशाहारी भोजन त्याग गर्छ त्यो स्वास्थ्यका दृष्टिले मात्र नभै मनोवैज्ञानिक हिसाबमा पनि फाइदाजन हुन्छ ।

 निरोगी पेट:
 शाकाहारी बन्नुको पहिलो फाइदा भनेको यसले तपाइँको पेट स्वस्थ बनाउँछ । शाकाहारी मान्छेले मासुको साटो प्रसस्तै हरियो सागसब्जी खाने भएकाले हरीयो सागपातमा पाइने फाइबर तत्वले आन्द्रा तथा समग्र पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । सागपातले पेटको क्यान्सरको खतरा पनि कम गर्ने बताइन्छ । 

बोसोबाट मुक्ति, स्वस्थ मुटु:
 शाकाहारी आहारमा कम चिल्लो तथा सोडियम पाइन्छ । मांशाहारी भोजनमा हानिकारक बोसो पाइने भएपनि शाकाहारी आहारमा पाइने चिल्लो पदार्थ मानव सरीरका लागि हानिकारक हुँदैन । यसले रक्तचापको नियन्त्रणका साथै मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

 विषको जोखिम कम: 
शाकाहारी भोजनमा कुनैपनि प्रकारको विषजन्य तत्व हुँदैन । तर मांशाहारी भोजन कहिलेकाहीँ विषाक्त समेत बन्न सक्छ । पशुको सरीरमा पनि स्टेरोइड लगायतका विभिन्न तनाव हर्मोन पैदा हुने र ती हर्मोनहरु उक्त पशुको मासुमा समेत रहने भएकाले त्यस्तो हर्मोनयुक्त मासु खाँदा त्यो हर्मोन मानिसको रगतमा मिल्न गै त्यसले रगतलाई विषाक्त बनाउने खतरा हुन्छ । साथै मासुका लागि व्यवसायिक रुपमा पालिएका कुखुरा, हाँस वा अन्य चराचुरुंगी र पशुहरुमा दिइने वृद्धि हर्मोनयुक्त सुइका कारण त्यस्ता सुइ लगाइएका पशुपंक्षीका मासु खाँदा पनि मानवस्वास्थ्यमा नराम्रो असर पुग्छ ।

 क्यान्सरको जोखिम कम: 
शाकाहारी आहारमा एन्टिअक्सीडेन्ट तत्व, लवण, भिटामिन तथा अन्य प्रसस्तै पोषक तत्व पाइन्छ । यी पोषक तत्व हाम्रो सरीरको रोग प्रतिरोधी क्षमताको विकाशका लागि अनिवार्य हुन्छन् । रोग प्रतिरोधी क्षमता उच्च हुनु भनेको क्यान्सर जस्ता असाध्य रोगको जोखिम समेत कम हुनु हो । 

 वजन नियन्त्रण: 
शाकाहारी भोजनका लाभहरु मध्येको एक हो सरीरको वजन वा मोटोपन नियन्त्रण हुनु । शाकाहारी भोजन पेटमा पच्नको लागि अलिक धेरै समय लाग्ने भएकाले भोक ढिलो लाग्छ । जसका कारण खाने दरमा कमी आई स्वतः मोटोपन नियन्त्रण हुन्छ ।

मह खाँदा ज्यानै जान सक्छ,सावधान ..

हाम्रो अर्को लिंक......नागदह

महको प्रयोग विभिन्न रोगका औषधीका लागी समेत गरिन्छ । महलाई निकै गुणी खाद्यवस्तुका रूपमा लिइन्छ । तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ । मह खाँदा विचार पुर्याउन नसके स्वास्थ्यलाई फाइदा भने गर्दैन । मह र घ्यू यदी बराबर खाए ज्यान समेत जान सक्ने खतरा हुन्छ । यस्तै अन्य केही तरिका जुन मह खाँदा विचार गर्नुपर्छ ती यस्ता छन्: 

१. मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ र यसले ज्यान समे
३. मूला, कटहर महसित खानू हानिकारक हुन्छ ।
 ४. माछा, मासू र मकैसित मह खाए ठूलै हानी हुनसक्दछ ।
 ५. चर्को घाममा हिँडेर पसिना आएको बखत औषधी खाएर तुरून्त मह नखानू ।
 ६. मह तताएर कहिल्यै नखानू ।
 ७. कुनै शरिरमा गर्मी बढाउने वस्तुसित मह नखानू, यसले पनि स्वास्थ्य प्रतिकुल असर गर्छ ।
 ८. शुद्ध मह कागजमा बोकेर लैजान सकिन्छ । 
 ९. शुद्द मह कुकुरले खाँदैन ।

नरिवलको पानी पिउनुका फाइदै फाइदा


हाम्रो अर्को लिंक......नागदह 


नरिवलको पानी खानु मान्छेको स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि यसले के के फाइदा पूराउँछ भन्ने इतिवृत्त सबैलाई थाहा नहुन सक्छ । अझ नरिवलको पानी खानु पुरुषको लागि भन्दा महिलाको लागि बढि फाइदाजनक हुन्छ भन्ने कुरा थाहै नहुन पनि सक्छ । तर अनुसन्धानले के देखाएको छ भने नरिवलको पानी महिलाको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । पिसाब पोल्ने, सरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन हुने समस्याबाट मुक्ति पाउन मात्र होइन छालाको सुन्दरता र स्वास्थ्यका साथै मोटोपन घटाउन समेत नरिवलको पानी कामयाबी हुन्छ । अझ गर्भवती महिलाका लागि नरिवलको पानी पिउनै झनै फाइदाजनक हुने बताइएको छ । नरिवलको पानीले महिलामा पूराउने अन्य लाभ यसप्रकार छन्: -
  1. नरिवलको पानी पिउनाले गर्भवती महिलामा बिहानपख हुने बान्ता रोक्न सघाउ पूराउँछ । नरिवलको पानीमा हुने विभिन्न प्रकारका लवणहरु, भिटामिन सी लगायतका तत्व गर्भवती महिला र गर्भको बच्चालाई निकै फाइदा पूराउँछन् ।
  2.  नरिवलको पानी नियमित पिउने महिलामा मुत्रनलीको संक्रमणको खतरा पनि कम हुन्छ । यसले ढुसी पैदा गर्ने व्याक्टेरियालाई मारिदिन्छ । त्यसैले पिसाब सम्बन्धी समस्या भएका महिलाले पनि दैनिक नरिवलको पानी पिउनु निकै उत्तम मानिन्छ ।
  3.  सरीरमा पानीको आपूर्तिलाई सन्तुलित गर्न र विषाक्त तत्वलाई बाहिर ल्याउन नरिवलको पानीले सहयोग पूराउँछ ।
  4.  नरिवलको पानीले वजन नियन्त्रण अर्थात् मोटोपन घटाउन सहयोग गर्छ । नरिवलको पानी पिउनाले सरीरमा जमेको अनावश्यक बोँसो घटाउनुका साथै रगतमा कोलेस्टेरोलको मात्रा पनि कम गर्छ । 
  5. नरिवलको पानीको नियमित सेवन गर्नाले छाला स्वस्थ तथा सुन्दर बन्छ ।
  6.  नरिवलको पानी पिउनुको अर्को फाइदा के हो भने यसले योनीको संक्रमण लगायतका कारणबाट योनीमा हुने जलनलाई कम गर्छ । यदि पिसाब पोल्ने समस्या छ भने त्यसबाट मुक्ति पाउन नरिवलको पानी पिउनु उत्तम उपाय मानिन्छ ।

इनर्जी ड्रिंक्स पिउनुहुन्छ ? होसियार

हाम्रो अर्को लिंक......नागदह
रेडबुल, म्याट्रिक्स जस्ता अनेक नामका इनर्जी ड्रिंक्स बजारमा छन् । शक्तिबर्धक पेय भनिने यी स्वादिष्ट पेय पछिल्लो समयमा युवाहरुमाझ निकै लोकप्रिय पनि बनिरहेका छन् । पेडियाट्रिक्स नामक जर्नलमा छापिएको एक अध्ययनले समेत सन् २००३ मा १६ प्रतिशत किशोरकिशोरीले नियमित रुपमा इनर्जी ड्रिंक्स पिउने गरेकोमा यो संख्या सन् २००८ सम्म आइपुग्दा ३५ प्रतिशतले बढेको देखाएको थियो । त्यस यता इनर्जी ड्रिंक्स पिउनेको संख्यामा अझै नाटकीय वृद्धि भएको दाबी विज्ञहरुको छ । इनर्जी ड्रिंक्सले पूराउने लाभ तथा हानीका विषयमा समयसमयमा विभिन्न प्रकारका समाचार तथा हल्लाहरु सार्वजनिक नभएका होइनन् । तर, पछिल्लो समयमा अमेरिकामा यस्ता पेय पदार्थको अत्यधिक सेवनका कारण मानिसहरु विरामी हुने र ज्यानै समेत गुमाउने दर बढेपछि यस्ता ड्रिंक्स स्वास्थ्यका लागि कत्तिको हानिकारक छन् भन्ने विषयको खोजी निकै चासोको विषय बन्यो । आखिर इनर्जी ड्रिंक्समा के त्यस्ता हानिकारक रसायनहरु हुन्छन् ? जसले मानव स्वास्थ्यलाई हानी गर्छन् ? शोधकर्ताहरुले इनर्जी ड्रिंक्समा हुने यस्ता हानिकारक तत्वहरुको सूचि तयार पारेका छन्, त्यसमा:
 क्याफिन:
 यो इनर्जी ड्रिंक्समा हुने सबैभन्दा प्राथमिक रसायन हो । यो तत्वको मात्रा इनर्जी ड्रिंक्सको प्रकार हेरी फरक फरक पाइन्छ । तरपनि सबैखाले इनर्जी ड्रिंक्समा यसको मात्रा मानव सरीरका लागि हानिकारक तहमै भएको पाइन्छ । क्याफिन नामक रसायन सरीरमा बढि हुँदा त्यसले ब्लड प्रेसर बढाउने, गर्भवती महिलामा समय भन्दा छिटो बच्चा जन्मिने तथा कहिलेकाहीँ व्यक्तिको तत्कालै मृत्यु हुन जस्ता समस्या निम्ताउँछ । 

गुआरना: गुआरनिन नामक रसायन पाइने यो एक दक्षिण अमेरिकी वनस्पती हो । गुआरनिन पनि क्याफिन रसायनको एक प्रकार नै हो । एक ग्राम गुआरना वनस्पतीमा ४० मिलिग्राम क्याफिन पाइन्छ । इनर्जी ड्रिंक्समा यो वनस्पतीमा पाइने गुआरनिन रसायन समेत मिसाइएको हुन्छ । यसो हुँदा इनर्जी डिं«क्समा क्याफिनको मात्रा अझै बढ्न गई झनै हानिकारक हुन्छ ।

 चिनी: इनर्जी ड्रिंक्समा चिनीको मात्रा निकै उच्च हुन्छ । प्रत्येक ८ औँश इनर्जी ड्रिंक्समा २१ देखि ३४ ग्रामसम्म चिनी पाइन्छ । यसमा पाइने चिनी ग्लुकोज, सुक्रोज तथा फ्रुक्टोज लगायतका रुपमा पाइन्छ । तिनवटा इनर्जी ड्रिंक्सका क्यान पिउनेले १८० मिलिग्राम चिनी खाएको हुन्छ जुन मान्छेको दैनिक सन्तुलित मात्रा भन्दा ६ गुणा बढि हो । त्यसैले इनर्जी ड्रिंक्समा चिनीको मात्रा उच्च हुने भएकाले यसको सेवनले मोटोपनाको समस्या, दाँतको समस्या तथा चिनीजन्य अन्य समस्याहरु समेत देखा पर्छन् । 

 टाउरिन: इनर्जी ड्रिंक्समा पाइने अर्को रसायन हो टाउरिन । यो निकै महत्वपूर्ण एमिनो एसिड हो जसले मस्तिष्कको विकाश तथा सरीरमा लवण र पानीको सन्तुलनमा सहयोग पूराउँछ । यसले व्यक्तिको खेलकुद क्षमता पनि बढाउँछ । तर इनर्जी ड्रिंक्समा यो तत्वको मात्रा आवश्यकता भन्दा बढि हुन्छ । यो तत्व आवश्यकता भन्दा बढि हुँदा खास के असर पर्छ भन्ने कुरा अहिलेसम्म पत्ता नलागेको भएपनि सरीरमा आवश्यकता भन्दा बढि प्रोटिनजन्य पदार्थ थुप्रिँदा त्यसले अवश्यपनि हानी पूराउँछ नै ।

 गिन्सेंग: यो तत्वले सरीरमा व्यक्तिको खेलकुद क्षमता बढाउने, रोग प्रतिरोधी क्षमताको विकाशमा सहयोग पूराउने तथा व्यक्तिको मानसिक स्वास्थ्यमा पनि सहयोग गर्ने बताइन्छ । तरपनि यसको वैज्ञानिक पुष्टि विश्वसनीय रुपमा हुन सकेको छैन । उल्टै यो तत्वका विभिन्न खाले नकारात्मक असर पनि छन् । यसको मात्रा बढि भयो भने टाउको दुख्ने, उच्च तनाव तथा अनिद्रा जस्ता असरहरु देखिन्छन् । इनर्जी ड्रिंक्समा पाइने यो तत्व सर्जरी गराइरहेका वा केही निश्चित औषधिको सेवन गरिरहेका व्यक्तिहरुको लागि निकै हानिकारक मानिएको छ ।
 भिटामिन बी लगायतका अन्य तत्व 
 भिटामिन बी सरीरका लागि निकै फाइदाजनक तथा अनिवार्य भिटामिन हो । यसले मानिसलाई मुटुसम्बन्धि रोग तथा क्यान्सर लगायतबाट बचाउन सहयोग गर्छ । तर इनर्जी डिं«क्सहरुमा भिटामिन बी को मात्रा निकै कम मात्रामा वा नाम मात्रैको हुन्छ । त्यसैले इनर्जी ड्रिंक्सहरुले आफुमा भिटामिन बी पाइने भन्दै गर्ने प्रचार निरर्थक रहेको र इनर्जी डिं«क्सहरुमा पाइने निकै न्यून मात्राको भिटामिन बीले सरीरमा कुनै प्रभाव पार्न अपर्याप्त हुने विज्ञहरु बताउँछन् । इनर्जी ड्रिंक्सहरुमा अरु विभिन्न नामका रसायन पनि हुन्छन् जसको कुनै फाइदा थाहा छैन र सम्भावित जोखिमको बारेमा पनि अध्ययन भएको छैन ।
 विज्ञहरुका अनुसार कार्निटिन, योहिम्ब तथा बिटर अरेन्ज जस्ता तत्वहरुले मानव स्वास्थ्यमा पार्ने असरको बारेमा अनुसन्धान आवश्यक छ । इनर्जी ड्रिंक्सको नियमित सेवनले मानव स्वास्थ्यमा सकारात्मक भन्दा नकारात्मक असर बढि पूराउने निष्कर्ष विज्ञहरुले निकालेपनि यसमा अझै वैज्ञानिक र गहन शोध आवश्यक रहेको बताउँछन् । त्यसैले आफ्ना किशोरकिशोरी सन्तानको इनर्जी ड्रिंक्स बढि पिउने बानी नियन्त्रण गर्न अभिभावक चनाखो हुनुपर्ने सुझाव उनीहरुको छ । इनर्जी ड्रिंक्स प्रचार गरिएजस्तो शक्तिबर्धक पेय होइनन्, उल्टै यिनीहरुमा दीर्घकालमा सरीरको शक्ति वा स्वास्थ्य क्षय गर्छन् । विज्ञहरुका अनुसार इनर्जी ड्रिंक्समा रक्सी मिसाएर खानु अझै हानिकारक हो ।

आयो पारदर्शी कम्प्युटर, जसले तपाईसंग कुरा गर्छ

हाम्रो अर्को लिंक...........नागदह 

प्रविधीविद्ले एक यस्तो पारदर्शी कम्प्युटर बनाएका छन्, जो तपाईको सिस्टमको भित्रसम्म पुग्ने र डिजिटल कन्टेन्टलाई छोएर तपाईको कल्पनालाई आफ्नो हिसावले ढाल्ने सुविधा दिन्छ । लस एन्जसलमा टीईडीको कन्फ्रेन्समा यस कम्प्युटरको प्रारम्भिक स्वरुपबारे जानकारी दिइएको छ । बोष्टनको मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजिबाट स्नातक तथा माइक्रोसफ्ट कम्पनीमा इन्टर्नसीप गरेका जिन्हा लीले यस्तो पारदर्शी कम्पुटरको अबधारणा अघि ल्याएका छन् । ‘स्पेसटप थ्री डी डेस्कटप’ बनाउन जुटेका लीले यो आबिस्कार पूर्ण हुन एक दशकसम्म लाग्न सक्ने बताएका छन् । यो कम्प्युटरले प्रयोगकर्ताहरुलाई मेशिनसँग सम्वाद गर्ने मौका समेत दिनेछ । यो सिस्टममा एक पारदर्शी एलईडी डिस्प्ले हुनेछ, जसमा इन बिल्ट क्यामेरा लगाइएको हुन्छ । यो क्यामेराले प्रयोगकर्ताको हाउभाउ र आँखाको गति अनुसार आफूलाई एडजस्ट गर्छ । यो सिस्टम मानिसको बस्तुसँग सम्बाद स्थापित गर्ने आवश्यकतालाई लिएर डिजाइन गरिएको हो । यो आबिस्कारले मूर्तरुप लिएमा आगामी दशकमा कम्प्युटरको क्षेत्रमा अर्को क्रान्ति हुने बीबीसीले जनाएको छ ।