Monday 25 February 2013

केही अनौठा ट्राफिक नियम

हाम्रो अर्को लिंक
केही केही नियम कानून पनि विचित्रकै हुन्छन् । गाडी तथा सडक सम्बन्धि ट्राफिक नियमको बारेमा पनि विश्वका केही ठाउँमा अनौठा कानून तोकिएको हुन्छ । यहाँ त्यस्तै केही रोचक ट्राफिक नियमका बारेमा उल्लेख गरिएको छ :
अमेरिकाको क्यालिफोर्नियास्थित अल्बामामा खुट्टामा जुत्ता नलगाइकन गाडि चलाउन निषेध छ । साथै महिलाले घरायासी कोट पहिरनमा गाडि चलाउन पाउँदैनन् । यो नियम थाइल्याण्डका साथै अमेरिकाको भर्जिनियामा पनि छ ।
अमेरिकाको क्यालिफोर्नियाको अल्बामा तथा युरोपेली देश लक्जेम्बर्गमा अगाडिको सिसा पुछ्ने वाइपर जडान नगरिएका गाडि चलाउन मनाही छ । अझ रोचक कुरा त के भने अगाडि सिसा नै नभएका गाडिहरुमा पनि वाइपर भने हुनैपर्छ ।
अमेरिकाको जर्जियामा ९६ किमी प्रतिघण्टा भन्दा बढि रफ्तारमा चलाइएका गाडिलाई प्रहरीले जफत गर्छ । त्यति धेरै गतिमा गाडि चलाउने चालक त्यस क्षेत्रमा हुने विभिन्न खाले चुनावमा पनि भाग लिन पाउँदैन ।
अमेरिकाको म्यासाच्युसेट्समा चलिरहेको गाडि भित्र सेक्स गर्न निषेध छ । खासगरी ड्राइभरले आफ्नो सिटमा कुनैपनि यौनजन्य क्रियाकलाप देखाउन पाउँदैन ।
अमेरिकाको क्यालिफोर्नियामा चलिरहेको गाडिबाट बन्दुक चलाउन निषेध छ । गाडि चलिरहेको बेलामा रोमाञ्चित बनेर वा जंगलमा जिवजन्तु देखेर गोली चलाउन पाइँदैन । त्यसो गरेमा सजाय भोग्नुपर्छ ।

अमेरिकाको पेन्सिल्भेनियामा रातको समयमा गाडि चलाउँदा एक अनौठो नियम मान्नैपर्छ । सडक पार गर्ने जनावरको सुरक्षाका लागि हरेक माइलमा एक रकेट छोड्नुपर्छ जसले सडकमा आउने जनावरलाई टाढा राखोस् र दुर्घटनामा पर्नबाट जोगाओस् । रकेट छाडेको १० मिनेटपछि मात्र त्यहाँबाट गाडि अगाडि बढाउन सकिन्छ ।
अमेरिकाको सन फ्रान्सिस्कोमा आइतबार गाडि सफा गर्न वा धुन सख्त मनाही छ ।
अमेरिकाको अल्बामामा जब महिलाहरुले कार चलाउँदैछन् भने उनको साथमा कारमा बसेको पुरुषले दायाँबायाँ हिँडिरहेका पैदल यात्रीहरुलाई रातो कपडा वा झण्डा देखाउनुपर्छ । यसको अर्थ महिलाले कार चलाइरहेकी छिन् भन्ने हो रे ।
साउदी अरबमा महिलाले गाडि चलाउन पाउँदैनन् ।

No comments:

Post a Comment