Wednesday 20 February 2013

http://nagdaha.ucoz.com/news/2013-02-20-52

अक्सफोर्डका वैज्ञानिकले स्वचालीत कार बनाए, ड्राइभर बिनानै कारले सम्बन्धीत ठाउँसम्म पूरयाउने

 लन्डन । अक्सफोर्ड विश्वविद्यालयका बैज्ञानिकले चालक बिना नै सञ्चालन हुने कार बनाएका छन । यस स्वचालीत कारलाई  एउटा ट्याबलेट कम्प्युटरको सहायताले सञ्चालन गर्न सकिन्छ । कारलाई दैनिक हिडने बाटोमा बिमानमा जस्तै अटो ड्राइभ मोडमा सेट गरिने छ । यसले गर्दा  गाडिमा यात्रा गर्ने मानिस बिना कुनै चिन्ता अफिसबाट घरमा वा घरबाट अफिस पुग्न सक्ने छन । कम मूल्यको नेभिगेशन सिस्टम, सानो क्यामरा र लेजर किरणको सहायताले कारले सडकका आसपास रहेका चिन्ह वा संकेतलाई छुट्याउन सक्नेछ ।  सडकमा कुदिरहेको बेलामा कारमा सडकको नक्सा तैयार हुँदै जान्छ र यसमा जोडिएको कम्प्युटरमा यसको नक्सा दर्ता हुदै जान्छ , यसको मद्दतले कारले कुनै निर्देशन बिना नै अटो ड्राइभ मोडमा सेट गरेको ठाउँसम्म पुरयाउँछ ।
अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर पल न्युमनले गत शुक्रबार पहिलो पटक सडकमा यो कारलालाई चलाएर सबैलाई चकित पारेका थिए । उनले यो कारलाई अझ सस्तो र प्रविधियुक्त कारको रुपमा विकास गर्ने बताए

No comments:

Post a Comment