Saturday 23 February 2013

यो हो ब्रम्हाण्डको सबैभन्दा अजम्बरी जन्तु (फोटोफिचर)

http://nagdaha.ucoz.com/news/2013-02-20-53

यो ब्रम्हाण्डको सबैभन्दा कडा जनावर के होला ? जो धेरै समयसम्म बाँच्ने मात्र होइन हिउँमा जम्दा, आगोमा उम्लिँदा तथा अन्तरीक्षमा तैरिँदा पनि २ सय वर्षसम्म बाँच्नसक्छ ? हो, वाटर बियर अर्थात् पानी भालु त्यस्तो अजम्बरी जिव हो । भनिन्छ, साँग्लो आणविक विस्फोट हुँदा पनि मर्दैन । तर प्रतिकुल परिस्थिति सहने मामिलामा यो पानी भालु भन्ने जिव साँग्लोको हजुरबाउ नै हो । यो जिवका बारेमा सायद हामी धेरैल नसुनेका पनि हुनसक्छौँ । यो जिवका विभिन्न ९ सय प्रजातिहरु छन् । ती मध्ये केही जलचर हुन् त केही स्थलचर । निकै अग्ला चुचुरादेखि समुद्रको गहिराइसम्म यो जिवका प्रजाति पाइन्छन् । यो जिवले माइनस साढे ४ सय डिग्री सम्मको चिसो तापक्रम तथा साढे ३ सय डिग्री सम्मको तातो तापक्रम सहनुका साथै निकै उच्च विकिरण पनि खप्नसक्छ । यो पानीबिना दशकौँ बाँच्नसक्छ र अन्तरीक्षमा पूराएपनि मर्दैन । 

No comments:

Post a Comment