Saturday 23 February 2013

अमेरिकामा यस्तो हुन्छ (फोटोफिचर सहित)

http://nagdaha.ucoz.com/news/2013-02-18-48अमेरिका अर्थात् धेरैको सपनाको स्वर्ग । अझ अमेरिकाको लस एन्जल्स सपनाकै सहर भन्दा पनि फरक नपर्ला । यो सहरमा विश्वभरका मानिसहरु नाम, दाम र भविष्य खोज्न भौतारिरहेका हुन्छन् । साँच्ची लस एन्जल्स विचित्रकै सहर हो । लस एन्जल्सका केहि  विशेषता जो सुन्दा पनि आनन्द लाग्छ

१. जताततै हिरो हिरोइन :

हृलिउडका धेरै टेलिभिजन स्टार तथा चलचित्र अभिनेता अभिनेत्रीहरु लस एन्जल्समै बस्छन् । त्यसैले तपाइँले सडकमा टहल्दा कुनै चर्चित सेलिब्रेटीलाई भौतारिइरहेको देख्नुभयो भने अचम्म मान्नु पर्दैन । हिड्दा तपाइँको कुम कोही सेलिब्रेटीसँग ठोक्कियो भने पनि दंग परिरहनु पर्दैन ।

 
२. जताततै प्लास्टिकका मान्छे :
अमेरिकामा सबैभन्दा बढि प्लास्टिक सर्जरी गराइने सहर लस एन्जल्स हो । त्यहाँका महिलाहरुमा स्तनको प्लास्टिक सर्जरी गर्ने दर निकै बढि छ । त्यसैले तपाइँको भेट वा चिनाजानी कुनै परीजस्ती सुन्दरीसँग भयो भने मख्ख नपर्नुहोला किनकी ती सुन्दरी प्लास्टिकबाट बनेकी हुनसक्छिन् ।
 
 ३. कति खर्चालु बर्थडे पार्टी :
लस एन्जल्सका मान्छे कति खर्चालु छन् भन्ने कुरा एक जना टिभी स्टार टेलर आर्मस्टङले आफ्नी ४ वर्षे छोरीको वर्थडे पार्टीमा गरेको खर्चबाट थाहा हुन्छ । उनले छोरी केनेडीको जन्मदिनको पार्टीमा ६५ हजार डलर खर्च गरिन् ।
 
४.हवाइजहाजको बुइ चढ्छन् अन्तरीक्ष यान :
वास्तवमै लस एन्जल्सबाट तपाइँले अन्तरीक्ष यानको तस्वीर आफ्नै क्यामरामा कैद गर्न सक्नुहुन्छ । हवाइजहाजमा राखेर ढुवानी गरिरहेका त्यस्ता अन्तरीक्ष यान हेर्दा आमाको पिठ्युमा छोरो बुइ चढेजस्तो देखिन्छ ।
 
५. ट्राफिक जाम :
ट्राफिक जाम लस एन्जल्सको चिनारी नै हो । लस एन्जल्सको ट्राफिक जाम अमेरिकाको मुख्य ट्राफिक जाममा
 पर्छ ।
 
६. कुकुर बिरालालाई नुहाइदिने होटल :
लस एन्जल्समा तपाइँका कुकुर बिरालालाई नुहाइनिे तथा सिँगार्ने होटल पनि छन् । हामीकहाँ मान्छेलाई नुहाउन समेत पानी छैन ।
 

No comments:

Post a Comment