Friday 1 March 2013

जाडोमा किन रुघाले सताउँछ ?

हाम्रो अर्को लिंक.....नागदह

चिसो बढेसँगै रुघाखोकीले बढि सताउन थाल्छ । यद्यपि गर्मी महिनामा पनि रुघाखोकी नलाग्ने होइन । तथापि जाडो याममा रुघाखोकी प्रकोपकै रुपमा देखापर्छ । आखिर जाडोमा रुघाले किन बढि सताउँछ ? भन्ने कुराको उत्तर पत्ता लगाउन शोधकर्ताहरुले एक अनुसन्धानबाट केही तथ्य पत्ता लगाएका छन् । शोधकर्ताहरुका अनुसार जाडो याममा रुघाखोकीको प्रकोप बढि देखिनुका विभिन्न कारण हुन्छन् । त्यसमध्ये एक कारण यस मौसममा रुघाको भाइरसले मानिसको रोग प्रतिरोधी क्षमता कम भएको फाइदा उठाउँछ । अर्कोतिर जाडोमा मानिसहरु जाडोकै कारण एक अर्कामा बढि नजिकिन्छन्, त्यसैले यसको प्रत्यक्ष प्रभाव भाइरसको संक्रमणमा पर्छ, अर्थात् रुघाको भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नसक्छ । जाडो याममा तापक्रममा भएको गिराबट र सुख्खापनले भाइरसको उच्च फैलावट वा वृद्धिमा समेत सहयोग गर्छ । शोधकर्ताहरुका अनुसार मौसममा आउने उतार चढावका बेला मानिसको रोग प्रतिरोधी क्षमता कमजोर भएको हुन्छ, जसको प्रत्यक्ष फाइदा भाइरसले उठाउँछ र मानिसलाई बढि भन्दा बढि संक्रमित बनाउँछ । ठन्डी मौसममा दिन छोटो हुनुका साथै सूर्यबाट प्राप्त हुने उर्जा समेत कम प्राप्त हुन्छ । जसका कारण मानिसले पर्याप्त भिडामिन डी पाउन सक्दैन । रोग प्रतिरोधी क्षमता बढाउन आवश्यक पर्ने भिडामिन डी को कमी हुन पुग्दा रुघाका भाइरसको आक्रमण बढ्छ ।

No comments:

Post a Comment